वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम
काठमाडौं । वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी सोमवार ४ बजे बस्ने दुबै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनु भयो ।
सङ्घीय संसद् अधिवेशन शुरूकै दिन संसद्मा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट भएपनि के विषयमा भन्ने खुलाइएको छैन । यस्तै मन्त्रिपरिषद बैठकले ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया
