अमेरिकालाई उचित जवाफ दिने इरानको चेतावनी

काठमाडौं ।  इरानले अमेरिका युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। इरानले अमेरिकी सेनाले ओमानको खाडीमा इरानी तेल ट्यांकरमा आक्रमण गरेको आरोप लगाएको हो। इरानले भनेको छ, ‘अब बिनाहिच्किचाहट कडा जवाफ दिइनेछ।’

युद्ध रोक्ने अस्थायी सम्झौता नजिक अमेरिका-इरान

अमेरिका र इरान जारी युद्ध अन्त्य गर्न अस्थायी तथा सीमित सम्झौतामा पुग्ने प्रयास अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्रोतहरूका अनुसार दुवै पक्षबीच पूर्ण शान्ति सम्झौता नभएर तत्काल युद्ध रोक्ने उद्देश्यसहित छोटो अवधिको समझदारीपत्रमा तयारी भइरहेको छ ।

यो सम्भावित सहमतिले युद्ध रोक्ने, स्ट्रेट अफ होर्मुजको संकट समाधान गर्ने र दीर्घकालीन वार्ताका लागि वातावरण बनाउने लक्ष्य राखेको बताइएको छ । तर इरानको आणविक कार्यक्रम, उच्च संवर्धित युरेनियमको भण्डारण तथा आणविक गतिविधि रोक्ने अवधि जस्ता संवेदनशील विषयमा अझै गम्भीर मतभेद कायम रहेको जनाइएको छ ।

स्रोतहरूका अनुसार प्रस्तावित योजना तीन चरणमा अघि बढ्नेछ । पहिलो चरणमा युद्ध औपचारिक रूपमा अन्त्य गर्ने, दोस्रो चरणमा स्ट्रेट अफ होर्मुजको संकट समाधान गर्ने र तेस्रो चरणमा ३० दिनको वार्ता अवधिमार्फत व्यापक सम्झौताबारे छलफल गर्ने तयारी छ । यस वार्तामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर