सुकुम्बासी बस्तीका वृद्धले बागमतीमा हाम फाले
काठमाडौं । सरकारले सुकुम्बासी बस्ती खाली गराउन डोजर चलाइरहेका बेला अर्का एक नागरिक खोलामा मृत भेटिएका छन् । सरकारले शुक्रबार बिहानैदेखि डोजर चलाइरहेको बल्खुको खोलामा उनको शव फेला परेको हो । मृत भेटिएका व्यक्तिको प्रहरी र प्रशासनले परिचय खुलाएको छैन ।
तर, स्थानीयले भने मृतकको पहिचान गरेका छन् । मृत फेला परेका व्यक्ति सुकुम्बासी बस्तीकै राई थरका वृद्ध पुरुष रहेको स्थानीयले बताएका छन् । मृतककी श्रीमती र छोरा घटनास्थलमा पुगेका छन् ।
सरकारले बस्तीमा डोजर चलाउने खबर पाएका उनी केही समययता आफ्नो घर भत्किएको हेर्न सक्दिनँ भन्ने गरेको स्थानीयले बताएका छन् । नदी किनारका सुकुम्बासी बस्तीहरू खाली गराउने भन्दै सरकारले दोस्रो चरणमा शुक्रबार बिहानैदेखि बल्खु, शंखमूल र बालाजु क्षेत्रमा डोजर चलाइरहेको छ ।
प्रतिक्रिया
