वाग्ले र अमेरिकी विशेष दूतबीच भेटवार्ता
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
आज दिउँसो ३:३० बजे अर्थ मन्त्रालयमा उहाँहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
