ओलीलाई भेट्न पूर्ण रोक

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै पार्टीका नेता तथा कार्यकर्तालाई समेत भेटघाटमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

भक्तपुरको गुण्डुस्थित निवासमा आराम गरिरहेका ओलीलाई पत्नी राधिका शाक्यले चिकित्सकहरूको सल्लाहबमोजिम भेटघाटमा रोक लगाएकी हुन्।

दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको शरीरको रोग प्रतिरोधात्मक क्षमता न्यून रहेको छ। हालै मात्र त्रिवि शिक्षण अस्पतालमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर