कच्चा तेल प्रति ब्यारेल १२२ अमेरिकी डलर पुग्यो

काठमाडौं । इरानमाथिको अमेरिकी नाकाबन्दी जारी रहनेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । विश्वबजारको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य बुधबार प्रति ब्यारेल १२० अमेरिकी डलर नाघ्दै १२२ सम्म पुगेको थियो । यो सन् २०२२ यताकै उच्च मूल्य हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई) तेल राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने निर्णय गरेका कारण पनि कच्चा तलेको मूल्य ह्वात्तै बढेको हो । यूएईले मे १ देखि ओपेकबाट बाहिरिने निर्णय गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा क्षेत्रका उच्च अधिकारीसँग ह्वाइट हाउसमा छलफल गरेपछि बजारमा नाकाबन्दी लामो समयसम्म जारी रहने अनुमान बलियो बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी उपभोक्तामाथि युद्ध र ऊर्जा संकटको प्रभाव कसरी कम गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहे पनि तेल व्यापारीले यसलाई इरानमाथिको दबाब अझ कडा बनाउने संकेतका रूपमा लिएका छन् । अमेरिकी प्रशासनले इरानका बन्दरगाहमाथिको नाकाबन्दी अझ लम्ब्याउने तयारी गरेको विवरण सार्वजनिक भएपछि बजारमा थप तनाव सिर्जना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर