थप अध्यादेशहरू राष्ट्रपति कार्यालयमा

काठमाडौं ।  बालेन शाह सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ । हिजो मंगलबार पठाइएको अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश छन्। यसअघि सोमबार राति पहिलो खेपमा संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश पठाइएका थिए।

ती अध्यादेशमार्फत् सरकारले अन्य जुनसुकै कानुन संशोधन गर्न सक्ने छ । त्यस्तै, विश्वविद्यालयका नियमित काम-कारबाहीमा स्वतन्त्र विद्यार्थी युनियनको भूमिका हटाउन त्यससम्बन्धी कानुन संशोधन गर्नुपर्ने कुरा यसअघि विश्वविद्यालयका उपकुलपतिहरूले सरकारलाई बताएका थिए। सरकारले जारी गरेको १०० शासकीय सुधारमा विश्वविद्यालयमा राजनीतिक दल सम्बद्ध विद्यार्थी युनियनहरू संलग्न रहने स्ववियु हटाउने उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर