३ हजार ३ सय ६७ जना सुकुमवासीका रूपमा नाम दर्ता

काठमाडौं । सुकुमवासी बस्तीमा डोजर चलेपछि अन्यौलमा परेकाहरू सरकारको सम्पर्कमा आउन थालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएको संकलनमा संलग्न एक अधिकारीले बताए। ३ हजार ३ सय ६७ जना सदस्यले सुकुमवासीका रूपमा नाम दर्ता गराएको हो ।

दर्ता भएकामधये १५ सय हाराहारी बच्चाहरू छन्। प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुमवासीहरू सम्पर्कमा आउन थालेका हुन्।

आफैँ आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर