आजको मौसम : मुसीकोटमा ७८.२ मिलिमिटर भारी वर्षा
काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। गएको चौबीस घन्टामा कोशीदेखि कर्णाली प्रदेशसम्मका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो आइतबार मुसीकोटमा भारी वर्षा भएको छ। त्यहाँ गएको चौबीस घन्टामा ७८.२ मिलिमिटर वर्षा मापन भएको छ। आपचौरमा ४८.४ मिलिमटर र सेउलीबाङमा ४५.६ मिलिमिटर वर्षा मापन भएको छ।
आज सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत देशको बाँकी हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
