रक्सी पिएर ८ वटा गाडी तोडफोड गर्ने पक्राउ

काठमाडौं ।  काठमाडौंको पेप्सीकोलामा  गएराति १ बजेतिर करिब ८ वटा गाडीमा तोडफोड भएको छ। मदिरा सेवन गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। तोडफोडमा संलग्न ती व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर