बालेन सरकारविरुद्ध सुकुमवासीहरू सडकमा

काठमाडौं । सुकुमबासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन सुरु भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भइरहेको प्रदर्शनमा डोजर आतंक बन्द गर, सुकुमबासी आवासको हक सुनिश्चित गर, निरङ्कुश सरकार चाहिँदैन लगायतका नारा घन्किइरहेका छन् ।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् । तर केही युवाहरू भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् ।

यसैबीच सत्तारुढ रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को केन्द्रीय कार्यालय अगाडि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुकुमवासीहरू कार्यालयतर्फ जान थालेपछि सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरीको टोली त्यहाँ तैनाथ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर