विद्यार्थीलाई सहुलियत दिन प्रदर्शन

काठमाडौं ।  सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन भएकाे छ । आज सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले ‘विद्यार्थीको ४५% छुट खोइ ?’ भन्दै नाराबाजीसहित प्रदर्शन गरेका थिए । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले व्यवसायीलाई दिँदै आएको कर छुटको सुविधा कटौती गरेको अवस्थामा विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको थियो ।

व्यवसायीहरूका अनुसार वि.सं. २०६५ सालमा भएको सहमति बमोजिम व्यवसायीले ४५ प्रतिशत भाडा छुट दिएबापत सरकारले वार्षिक कर, रुट परमिट र जाँच पास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था थियो । तर, मुलुक सङ्घीयतामा गएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७३ देखि नै उक्त ६० प्रतिशत कर छुटको सुविधा हटाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर