फेरि कच्चा तेलको मूल्यवद्धि

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भनेका थिए, ‘इरानको झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर कब्जामा लिइएको छ।’ त्यसपछि सोमबार बिहान बजारमा कच्चा तेलको मूल्य फेरि वृद्धि भएको छ।

तेलको मूल्य ४.७४ प्रतिशतले बढेर ९४.६६ डलर प्रतिब्यारेल पुगेको छ। योभन्दा अगाडि इरानले शनिबार हर्मुज स्ट्रेट जहाजका बन्द हुँदैछ र कुनै जहाज त्यहाँ गएमा निसाना बनाइनेछ।

२८ फेब्रुअरीदेखि अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएको थियो। त्यहाँदेखि उर्जा बजारमा भारी उतारचढाव भइरहेछ। यसैबीच सोमबार प्रतिनिधि पाकिस्तानमा इरानसँग वार्ता गर्न जाँदैछन्। ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्सले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर