डाइभर्सन बगाउँदा विपी राजमार्ग अवरुद्ध

काठमाडौं । हिजो राति भएको वर्षासँगै आएको बाढीले विपी राजमार्गको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिकाको कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेलगायत विभिन्न ठाउँमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रवीन विष्टले वर्षापछि खोला बढेर डाइभर्सन बगाएको बताए । बगाएका डाइभर्सनहरू मर्मत गरी सडक खुलाउन समय लाग्ने उनले बताए । यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पनि स्थानीय प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर