ओली अस्पतालबाट घर फर्किए

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि घर फर्किएका छन्। ओलीको गत चैत ३० गते पित्तथैलीको शल्यक्रिया भएको थियो।  अस्पतालमा स्वास्थ्यलाभ गरेपछि अध्यक्ष ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ भएका हुन्। गत चैत १४ गते बिहान ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित घरबाटै पक्राउ गरेको थियो।

त्यसपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको थियो। गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले हिरासतमा राख्ने म्याद थप नगर्ने आदेश दिएको थियो। त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयको निर्णयका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँले उनलाई हाजिरी जमानीमा छोडेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर