हाइटीमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु

काठमाडौं ।  हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार घटनापछि सरकारले गहिरो दुःख व्यक्त गर्दै अनुसन्धान अघि बढाएको छ ।

सरकारी अधिकारीहरूले फेसबूकमार्फत जारी गरेको विज्ञप्तिमा यो घटना शनिबार मिलोटस्थित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत १९ औं शताब्दीको किल्लामा भएको ‘पर्यटकीय गतिविधि’का क्रममा भएको जनाएका छन् ।

उक्त स्थलमा धेरै युवाहरू सहभागी भएका कार्यक्रमका बेला अचानक भीड नियन्त्रणबाहिर जाँदा दुर्घटना भएको बताइएको छ । हाइटीको उत्तरी नागरिक सुरक्षा विभागका प्रमुख जिन हेनरी पेटिटले स्थानीय पत्रिकाले नोभेलिस्टलाई दिएको जानकारीअनुसार प्रारम्भिक रूपमा कम्तीमा ३० जनाको मृत्यु पुष्टि भएको छ । उनले अझै ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताए ।

घटनामा घाइते भएका दर्जनौंलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । यद्यपि, घाइतेहरूको यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन । प्रारम्भिक विवरणअनुसार पर्यटकहरूलाई प्रवेशद्वारमा अत्यधिक भीडमा जम्मा गरिएको थियो । सोही क्रममा किल्लाबाट बाहिर निस्कन र प्रवेश गर्न खोज्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ, जसले गर्दा भागदौड मच्चिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर