भक्तपुरको बिस्का:जात्रा शुक्रबारबाट सुरु

काठमाडौं । भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्रा शुक्रबारबाट सुरु भएको छ ।

तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । चैत ३० गते योसिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी साँझ लिङ्गो उठाइने जात्रा हुनेछ । (तस्बिर तथा समाचार गोरखापत्र अनलाइनबाट साभार)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर