आज चैत २७ गते शुक्रबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईँको बोल्ने शैली र सोच्ने क्षमतामा सुधार आउनेछन्। नयाँ कुराहरू सिक्ने अवसर मिल्नेछ। व्यापार व्यवसायमा साना निर्णयहरू लाभदायी बन्न सक्छन्। अनावश्यक वाद विवादबाट टाढा रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा सोचविचार गरेर निर्णय लिनुहोस्। खर्च बढ्ने सम्भावना भएकाले बजेटमा ध्यान दिनुपर्ने हुन्छ। व्यापार व्यवसायमा नयाँ योजना बनाउन उपयुक्त समय रहेको छ। स्वास्थ्यतर्फ थकानको अनुभव हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन सहज वा उत्साहजनक रहनेछ। नयाँ विचार र योजनाहरू सफल हुनेछन्। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। लेखन, शिक्षण र सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) योजना बनाउन र भित्री कामहरू पूरा गर्न अनुकूल समय रहेको छ। परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। काममा ढिला सुस्ती नगर्नु नै राम्रो हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रहरूसँगको सम्बन्ध राम्रो बन्नेछ। व्यापार व्यवसायमा नयाँ अवसरको ढोका खुल्नेछ। सामाजिक प्रतिष्ठा बन्ने संकेत देखिन्छ। हतारमा निर्णय गर्दा समस्या आउन सक्छ त्यसैले सोच विचार गरेर अघि बढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नेतृत्व क्षमता र योजना सफल बन्न सक्छ। नयाँ जिम्मेदारी आउन सक्छ। वरिष्ठ व्यक्तिबाट प्रशंसा पाइनेछ। स्वास्थ्यतर्फ खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। भाग्यको साथले नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक लेनदेन गर्दा सचेत रहनुहोस्। धैर्य राखेर अगाडि बढ्नुहोस् समस्याको समाधान हुनेछ। बोलिको प्रभावले जटिल समस्या पनि पन्छ्याउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी काममा सफलता मिल्नेछ। सम्बन्धमा सुधार हुने संकेत देखिन्छ। दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्छ। सकारात्मक सोचले राम्रो परिणाम दिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सहकर्मीहरूबाट सहयोग मिल्नेछ। नियमित प्रयासले सफलता मिल्ने संकेत देखिन्छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रचनात्मक कार्यमा सफलता मिल्नेछ। नयाँ सोचले सिर्जनात्मकता बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घर परिवारसँग सम्बन्धित काममा ध्यान जानेछ। परिवारमा समझदारी बढ्नेछ। मानसिक शान्ति प्राप्त हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर