६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय
काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक पृष्ठभूमिबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता बोलाइएका राजदूतमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव र दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।
त्यस्तै, श्रीलंकाका लागि नियुक्त डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई सरकारले फिर्ता बोलाएको छ । सरकार परिवर्तनसँगै अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने अभ्यासलाई निरन्तरता दिँदै यो कदम चालिएको हो ।
प्रतिक्रिया
