राष्ट्रियसभाको उपाध्यक्षमा सांसद भण्डारी निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा उनको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

आइतबार उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो ।  भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल थिए ।

यस्तै, समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर