ट्रम्पको अन्तिम चेतावनी : इरानलाई नर्क बनाइदिने धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खुला गर्न निकै आक्रामक र तिखो शब्दमा अन्तिम चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गालीगलौजपूर्ण भाषा प्रयोग गर्दै ट्रम्पले आगामी सोमबारसम्मको समयसीमाभित्र सामुद्रिक मार्ग नखोले इरानले भयावह परिणाम भोग्नुपर्ने बताएका हुन्।
उनले इरानका नागरिक पूर्वाधार, पावर प्लान्ट र पुलहरूलाई निशाना बनाउने स्पष्ट सङ्केत दिँदै इरानी नेतृत्वलाई पागल को संज्ञा दिएका छन्। ट्रम्पले इरानलाई नर्कको बास गराइदिने भन्दै ‘ओपन द फ….. स्ट्रेट’ भनी आक्रोश पोखेका छन्।
फेब्रुअरीको अन्त्यदेखि सुरु भएको युद्धका कारण विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग मानिने स्ट्रेट अफ होर्मुज ठप्प छ। ट्रम्पले यसअघि पनि पटक(पटक आक्रमणको समयसीमा सार्दै आएका थिए। गत मार्च २१ मा ४८ घण्टाको अल्टिमेटम दिएका उनले पछि इरानसँग सकारात्मक कुराकानी भएको भन्दै केही दिन समय थपेका थिए।
तर, पछिल्लो समय उनले अप्रिल ६ ९सोमबार० लाई अन्तिम डेडलाइन तोकेका छन्। हिजो मात्रै ४८ घण्टाको चेतावनी दिएका ट्रम्पले आज फेरि इरानमा पावर प्लान्ट डे र ब्रिज डे मनाउने भन्दै ठुलो बमबारीको धम्की दिएका हुन्।
