अबदेखि शनिबार र आइतबार दुई दिन बिदा
काठमाडौं । सरकारले पेट्रोलियम आपूर्तिमा उत्पन्न असुविधालाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा लागू हुने यो निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद् आज आइतबार बसेको बैठकले उक्त निर्णय स्वीकृत गरेको हो । प्रवक्ता पोखरेलका अनुसार, यो नयाँ बिदा व्यवस्था भोलि, चैत २३ गतेदेखि लागू हुनेछ ।
प्रतिक्रिया
