डीपी अर्यालले लिए सभामुखको शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार दिउँसो शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठकले अर्याललाई निर्विरोध रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको थियो। यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठकले अर्याललाई निर्विरोध रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको थियो।

प्रतिक्रिया
