प्रधानमन्त्री बालेन सांसदहरूसँग निरन्तर संवादमा

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ ।  बुधबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएको हो ।

सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएका प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यसँग छलफल गर्नुभएको थियो ।

सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर