काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल पक्राउ परेका छन् ।नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मंगलबार बिहान रिजाललाई काठमाडौंको सुविधानगरबाट पक्राउ परेको हो ।

उनीमाथि प्रदर्शनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ । गौरीबहादुर कार्की आयोगले रिजाललाई कारवाहीको सिफारिस गरेको थियो । आयोगकै सिफारिस अनुसार प्रहरीले यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर