होर्मुजमा कर उठाउँँदै इरान

काठमाडौं । इरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ ।

इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आई.आर.आई.बी.) का अनुसार, यस योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था छ । यस योजना अन्तर्गत अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा भने पूर्णप्रतिबन्ध लगाइने प्रावधान पनि समावेश गरिएको छ ।

संसदीय समितिबाट पास भएको नियमबाट अब स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै गुज्रिने अन्तर्राष्ट्रिय जहाजहरूले शुल्क तिर्नुपर्ने बाटो खुल्ने छ । इरानले यो कदम आफ्नो सार्वभौमिकता सुदृढ गर्ने, सुरक्षा व्यवस्थापनको खर्च उठाउने तथा नयाँ राजस्व स्रोत सिर्जना गर्ने उद्देश्यले उठाएको जनाएको छ । हाल स्ट्रेट अफ होर्मुजलाई अन्तर्राष्ट्रिय जलमार्गको रूपमा मान्यता दिइएको छ, जहाँ सबै देशका जहाजहरूलाई स्वतन्त्र आवतजावतको अधिकार हुन्छ । यस्तो अवस्थामा इरानको यो निर्णय अन्तर्राष्ट्रिय समुद्री कानुनसँग बाझिन सक्ने विश्लेषण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर