मौसम : दिनभर हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना छ ।
यसैगरी, मधेशसहित कोशीका तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया
