ओलीको रिट दर्ता भोलि सुनुवाइ हुने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । आज दर्ता भएको रिटमाथि भोलि सोमबार सुनुवाइ हुनेछ ।
यसैगरी पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । श्रीमती यशोदा लेखकले सर्वोच्चमा रिट दिएकी हुन् । लेखकलाई थुनामा राख्ने कार्य गैर कानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ । उनलाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न रिटमा माग छ ।
प्रतिक्रिया
