तिब्बतको निर्वासित सरकारले दियो प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौं ।  तिब्बतको निर्वासित प्रशासनका प्रमुख सिक्योंग पेनपा छेरिङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । धर्मशालाबाट पठाएको बधाई सन्देशमा उनले शाहलाई सन्देश पठाउँदै सफल कार्यकालको कामना गरेका हुन् ।

उनले पछिल्लो युवापुस्ताले नेतृत्व गरेको आन्दोलनपछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्नु नेपाली जनताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् । बधाई सन्देशमा विशेषगरी युवापुस्ताको चाहना र विश्वासलाई यसले प्रतिनिधित्व गरेको उनको भनाइ छ ।

सन्देशमा नेपाल र तिब्बतबीचको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्ध लामो समयदेखि कायम रहेको उल्लेख गरिएको छ । तिब्बतमा भएको कब्जापछि नेपालमा शरण लिएका तिब्बती समुदायले यहाँको सामाजिक र आर्थिक क्षेत्रमा योगदान दिँदै आफ्नो पहिचान जोगाइरहेको पनि उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर