आज रातभरमा थप नेताहरू पक्राउ पर्न सक्ने सम्भावना
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएर छलफल गरिरहेका छन् । छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी छन् । एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री गुरुङले महानिरीक्षकलाई बोलाएका हुन् ।
छलफलमा महानिरीक्षकहरुको साथै उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीसहित अन्य अधिकारीहरु पनि छलफलमा रहेको बताइएको छ । सरकारी स्रोतका अनुसार शान्तिसुरक्षा भंग गर्न खोज्ने थप नेताहरू आज रातभरिमा पक्राउ पर्न सक्ने प्रवल सम्भावना रहेको छ । ओली र लेखक पक्राउ परेपछि आज दिनभर एमाले विरोधमा उत्रिएको थियो । एमालेले सरकारले प्रतिशोध साँधेको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै सडकमा निस्किएको छ ।
