ओली अस्पतालमा र लेखक हिराशतमा

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल  भर्ना गरिएको छ । शनिवार विहान  पक्राउसँगै स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएकोमा केही स्वास्थ्य परीक्षणको रिपोर्टहरू आधारमा ओलीलाई अस्पाताल भर्ना गरिएको हो ।

अस्पतालमा अहिले उनको आधारभूत स्वास्थ्य परीक्षणको रिपोटहरुका साथै  र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले चिकित्सको निगरानीमै राख्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए पनि आजै बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको छ। लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर