अन्तत: ओली र लेखक एकाबिहानै पक्राउ

काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली केहीबेरअघि पक्राउ परेका छन्। उनी जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा पक्राउ परेका हुन्।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी उनको निवास भक्तपुरको गुण्डु पुगेको थियो। उनलाई जरुरी पक्राउ पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लियो। पक्राउ परेसँगै ओली आफ्नै सेतो गाडीमा प्रहरी थाना लागेका छन्। उनले आफू प्रतिशोध पूर्ण भावनामा पक्राउ परेको जनाएका छन्।उनीनिकट वकीलहरूसँग सरकारले आफूलाई प्रतिशोध सोधेको बताएका थिए। उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परसर लगेको छ।

यसैगरी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेबाट पक्राउ गरिएको हो । गत भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको प्रकरणमा उनी पक्राउ परेका हुन्।

लेखकको हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको घटनामा तत्कालीन गृहमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै गौरीबहादुर कार्की जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सजाय सिफारिस गरेको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।

ओली पक्राउमा परे : गृहमन्त्री

गृहमन्त्री सुदन गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको बताएका छन्। उनले सामाजिक सन्जालमा पूर्वगृहमन्त्री रमेश लेखक र ओली पक्राउ परेको जनाएका छन्। प्रहरीका अनुसार ओलीलाई पक्राउ गर्न उनको भक्तपुरस्थित गुण्डु निवासमा प्रहरी तैनाथ भएको छ । पक्राउ पुर्जीको साथ प्रहरी बिहान करिब ४ः४० बजे ओली निवास पुगेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर