डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्दै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) सभामुख बन्ने भएका छन् । रास्वपाको उच्च तहमा उपसभापति अर्याललाई सभामुख बनाउने सहमति भएको हो ।

अर्याल यसअघि श्रममन्त्री समेत रहिसकेका छन् । सभापति रवि लामिछाने कारागारमा छँदा लामो समयसम्म उनले सफलतापूर्वक पार्टी हाँकेका थिए । सभामुख चयनका लागि भने केही दिन लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर