इरानद्वारा अमेरिकाको युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडौं । इरानले अमेरिकाको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तहरूमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ । अमेरिकाले मध्यस्थकर्ता राष्ट्रहरूमार्फत पठाएको प्रस्ताव धरातलीय अवस्थाभन्दा टाढा रहेको भन्दै इरानले युद्ध अन्त्यका लागि आफ्ना पाँच प्रमुख सर्तहरू अघि सारेको छ ।

इरानका पाँच सर्तहरूमा इरानविरुद्ध भइरहेका सबै सैन्य हमला र विशिष्ट व्यक्तिहरूको हत्या तुरुन्त बन्द हुनुपर्ने, भविष्यमा फेरि कहिल्यै युद्ध नहुने गरी अन्तर्राष्ट्रिय रूपमा भरपर्दो र ठोस सुनिश्चितता हुनुपर्ने उल्लेख छ । त्यस्तै, यस युद्धमा भएको सम्पूर्ण भौतिक र मानवीय क्षतिको उचित मुआब्जा पाउनुपर्ने, सबै मोर्चाहरूमा भइरहेको युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने र होर्मुज जलमार्गमा इरानको अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने रहेको बताइएको छ ।

इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म जवाफी कारबाही जारी राख्ने चेतावनी दिएको छ । यसअघि अमेरिकाले  इरानसँग युद्धविराम लागि १५ बुँदे योजना प्रस्तुत गरेको थियो ।

‘न्युयोर्क टाइम्स’का अनुसार, यस प्रस्तावमा इरानको ब्यालिस्टिक मिसाइल, परमाणु कार्यक्रम र हर्मोज जलसन्धिको सुरक्षा जस्ता गम्भीर मुद्दाहरू समावेश छन् ।

१. परमाणु कार्यक्रममा रोक : परमाणु कार्यक्रममा पूर्ण रोक लगाउने र भविष्यमा कहिल्यै परमाणु हतियार विकसित नगर्ने ग्यारेन्टी दिने ।

२. युरेनियम संवर्धन : युरेनियम संवर्धनलाई सीमित वा पूर्ण रूपमा बन्द गर्ने र हालसम्मको मौज्दात अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी लाई सुम्पने ।

३. मिसाइल कार्यक्रममा नियन्त्रण : ब्यालिस्टिक र क्रुज मिसाइल कार्यक्रममा कडा नियन्त्रण वा कटौती गर्ने ।

४. हर्मोज जलसन्धि : हर्मोज जलसन्धिलाई पूर्ण रूपमा खुला गर्ने र विश्वव्यापी ढुवानीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने ।

५. बिनासर्त पहुँच : अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई इरानका सबै परमाणु केन्द्रहरूसम्म पूर्ण र बिनासर्त पहुँच प्रदान गर्ने ।

६. प्रमुख परमाणु ठेगानाहरू : नतान्ज, फोर्डो र इस्फहान जस्ता प्रमुख परमाणु केन्द्रहरूलाई सीमित गर्ने वा पूर्ण रूपमा बन्द गर्ने ।

७. सशस्त्र समूहहरूलाई सहयोग : हिजबुल्लाह र अन्य सहयोगी सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थन कम वा पूर्ण रूपमा बन्द गर्ने ।

८. सैन्य गतिविधिमा कमी : क्षेत्रमा भइरहेका सैन्य गतिविधि र हमलाहरूलाई कम गरी तनाव घटाउने ।

९. युद्धविराम : वार्तालाई अगाडि बढाउनका लागि निश्चित समयका लागि युद्धविराम लागु गर्ने ।

१०. अन्तर्राष्ट्रिय ग्यारेन्टी : भविष्यमा पुनः युद्ध नहोस् भन्नका लागि ठोस अन्तर्राष्ट्रिय ग्यारेन्टी (सुनिश्चितता) प्रदान गर्ने ।

११. पूर्वाधार सुरक्षा : समुद्री र ऊर्जा पूर्वाधारहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्ने ।

१२. मिसाइलको दायरा : इरानको मिसाइलको मारक क्षमता र यसको प्रयोगलाई केवल ‘आत्मरक्षा’ सम्म मात्र सीमित गर्ने ।

१३. प्रतिबन्ध फुकुवा : यी सर्तहरू पूरा भएमा बदलामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू पूर्ण वा चरणबद्ध रूपमा हटाउने ।

१४. ऊर्जा क्षेत्रमा सहयोग : नागरिक परमाणु कार्यक्रम र ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्रदान गर्ने ।

१५. शान्तिको मार्गचित्र : मध्यपूर्वमा स्थिरता र शान्तिका लागि दीर्घकालीन मार्गचित्र लागु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर