कांग्रेसको १५ औँ महाधिवेशन भदौ २४, २५ र २६ गते हुने
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक एवं नयाँ सदस्यता लिनेका लागि आगामी बैशाख १ गतेदेखि नै खुला गरिने भएको छ । पार्टी सभापति गगनकुमार थापाले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा विशेष सम्बोधन गर्दै उक्त निर्णय गरिने बताएका हुन् । प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्दै बैशाख १ गतेदेखि अनिवार्य रूपमा क्रियाशील सदस्यता लिनुपर्ने बताएका हुन् ।
थापाले पहिलेदेखिका सदस्यले अद्यावधिक नगरे छुट्ने र नयाँले पनि सदस्यता लिने अवसर पाउने बताए । उनले वैशाखभर क्रियाशील सदस्यता वितरण गरिने पनि बताए ।
उनले भदौ २४, २५ र २६ गते १५ औँ महाधिवेशन हुने बताए । यसबारेको टुंगो बैठकले टुंगो लगाउने पनि उनले बताए । सभापति थापाले यो सबै निर्णय पार्टीको केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेका छन् । अब केन्द्रीय कार्यसमितिले टुंगो लगाउने छ । उनले कुनै पनि जिम्मेवारीमा जानका लागि पब्लिक पोलिसीको कक्षा लिनुपर्ने पनि बताए ।
