भोलि गगनको अध्यक्षतामा कांग्रेसको बैठक बस्ने
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा भोलि दिउँसो १ बजे बैठक डाकिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।
गत शुक्रबार र आइतबार बसेको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो । भोलिदेखि हुने बैठकमा पार्टीको आगामी महाधिवेशनको बारेमा छलफल हुनेछ ।
पार्टीको विशेष महाधिवेशनसँगै सुरु भएको काँग्रेसको आन्तरिक विवाद प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजित भएसँगै थप चुलिएको छ। यसै सन्दर्भमा भोलिदेखि हुने केन्द्रीय समितिको बैठकमा सभापति गगनकुमार थापा सहभागी हुनुहुने पार्टीले जनाएको छ ।
प्रतिक्रिया
