राजनीतिक नियुक्ति पाएकाहरूलाई स्वस्फूर्तरूपमा राजीनामा दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघिल्ला सरकारबाट राजनीतिक (कांग्रेस, एमाले र नेकपा) नियुक्ति पाएकाहरूलाई स्वस्फूर्त रूपमा राजीनामा दिएर नयाँ सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार विगतमा योग्यता र क्षमताभन्दा राजनीतिक पहुँचका आधारमा नियुक्ति भएको भन्दै नागरिक असन्तुष्टि बढेको छ ।  नयाँ जनादेशअनुसार बन्ने सरकारले प्रभावकारी काम गर्न पुराना नियुक्तिहरूले बाटो छोड्नु उचित हुने उनको भनाइ छ ।

रास्वपाले औपचारिक रूपमा राजीनामा मागिसकेको भने छैन, तर करिब ११०० हाराहारी यस्ता नियुक्ति रहेको अनुमान गर्दै स्वस्फूर्त निर्णयको अपेक्षा गरेको छ । हालैको निर्वाचनमा बहुमत नजिक पुगेको रास्वपाबाट प्रधानमन्त्री प्रस्तावित बालेन शाहले चैत १३ मा  राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६(१) अनुसार नियुक्त गर्ने प्रक्रिया अघि बढाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर