देशका केही स्थानमा अहिले वर्षा
काठमाडौं । मौसमी प्रणाली सक्रिय हुँदा देशका केही स्थानमा अहिले पानी परिरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही जिल्लामा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, पछिल्लो तीन घण्टामा दाङको अम्बापुरमा सबैभन्दा बढी ३३.८ मिलिमिटर पानी परेको छ ।
‘यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको छ । आवश्यक सतर्कता अपनाउनुहोला,’ महाशाखाले भनेको छ । रुपन्देहीमा दिउँसै अध्यारो भएको छ भने चितवन लगायतका स्थानमा हावाहुरी चलेको छ । आज र भोलि लुम्बिनीको अधिकांश जिल्ला र कोशीका जिल्लाहरुमा हावाहुरीसहित असिना पानी पर्ने मौसम विभागले प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया
