एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना
काठमाडौं । शव बोकेर खोटाङ पुगेको एअर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको छ। केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा मानवीय क्षति भने भएको छैन। स्थानीय प्रशासनका अनुसार शव बोकेर पुगेको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको थियो।
प्रतिक्रिया
