भेरी नदीमा हाम फालेकी आमा र छोरी मृत फेला, छोरा भने अझै बेपत्ता

काठमाडौं ।  भेरी नदीमा दुई छोराछोरीसहित हाम फालेकी एक महिलाको शव फेला परेको छ भने उनकी छोरीको पनि शव भेटिएको छ। पाँच वर्षीय छोरा भने अझै बेपत्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतको शव आइतबार लेकबेशी नगरपालिका–३ पटारे क्षेत्रमा फेला परेको हो। त्यस्तै उनकी ११ वर्षीया छोरी आशा कठायतको शव मंगलबार बिहान गुर्भाकोट–१३ मसानघाट नजिक माछा पार्ने जालमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार घटनापछि निरन्तर खोजतलास भइरहेको छ। घटनामा संलग्न पाँच वर्षीय छोरा दीपक कठायत भने अझै फेला नपरेकाले नदी क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर