कांग्रेस पूर्वसांसद चालिसेलाई धरौटीमा छाड्न आदेश
काठमााडौं । नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालत, काठमाडौंले आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सोमबार भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा चालिसेसँग पुर्पक्षका लागि उक्त धरौटी माग गर्ने आदेश गरेको हो। मंसिरमा अख्तियारले दायर गरेको मुद्दाको पुर्पक्षका लागि चालिसे सोमबार अदालतमा उपस्थित भएका थिए।
प्रतिक्रिया
