१ करोड १६ लाख रुपैयाँसहित दुई हुन्डी कारोवारी पक्राउ
काठमाडौं । प्रहरीले हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्ने २ जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भिमढुङ्गाका सागर गिरी र प्रमोदप्रसाद धिताल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया
