प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।
प्रतिक्रिया
