केन्यामा आएको बाढीबाट ६२ जनाको मृत्यु

काठमाडौं ।  केन्यामा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६२ जना पुगेको सरकारले जानकारी दिएको छ । आन्तरिक तथा राष्ट्रिय प्रशासन मन्त्रालयका अनुसार, मृतकमा ४६ पुरुष, ८ महिला र ८ बालबालिका रहेका छन् ।

मन्त्रालयले नाइरोबीमा सबैभन्दा बढी ३३ जनाको मृत्यु भएको, त्यसपछि पूर्वी क्षेत्र १७ र रिफ्ट भ्याली क्षेत्रमा ७ जनाको मृत्यु भएको जानकारी दिएको छ । सरकारले बाढीले १० हजार भन्दा बढी परिवार प्रभावित भएको र ४ हजार ८४५ जनालाई सुरक्षित ठाउँमा सरेर बस्न बाध्य भएको जनाएको छ ।

भारी वर्षाका कारण पूर्वी अफ्रिकी राष्ट्रका विभिन्न भागमा बाढी आएको, सडक अवरुद्ध भएका, सम्पत्ति नष्ट भएका र प्रभावित समुदायमा असहज अवस्था सिर्जना भएको बताइएको छ । मृत्युसँगै पूर्वाधार र जीविकोपार्जनमा पनि ठूलो क्षति भएको छ । केन्या मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुने पूर्वानुमान जारी गरेको र जीवनरक्षाका लागि अत्यन्त सतर्क रहन स्थानीयबासीलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर