अमेरिकी शक्तिशाली विमान वाहक युद्धपोत अब्राहम लिंकनमाथि इरानी हमला

काठमाडौं ।  इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ ले अमेरिकाको शक्तिशाली युद्धपोत यूएसएस अब्राहम लिंकनमाथि हमला गरेको दाबी गरेको छ । ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ ले विज्ञप्ति जारी गर्दै आफ्नो एउटा ब्यालिस्टिक मिसाइलले अमेरिकी युद्धपोत युएसएस अब्राहम लिंकनलाई निशाना बनाएको दाबी गरेको छ ।

‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’को भनाइमा यो हमलाका कारण युद्धपोत काम गर्न सक्ने अवस्थामा नरहेको र उसले खाडी जलक्षेत्रबाट पछि हट्नु परेको छ । यद्यपि, अमेरिकाले यो दाबीलाई अस्वीकार गरेको छ ।

यसैगरी इजरायलले इरानमा नयाँ आक्रमणको घोषणा गरेपछि शुक्रबार बिहान राजधानी तेहरानसहित धेरै क्षेत्रमा आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन्। बीबीसीको फारसी सेवाका अनुसार आक्रमण शुक्रबार बिहान ५ बजेसम्म जारी रह्यो। अरक ​​क्षेत्रबाट आक्रमणका धेरै तस्बिर सार्वजनिक भएका छन्।

कारज क्षेत्रमा आक्रमण भएको कुरा सामाजिक सञ्जालमा पनि आएका छन्। तेहरानवासीका अनुसार आक्रमण यति शक्तिशाली थियो कि भूकम्पको धक्काजस्तो टाढासम्म महसुस गरिएको थियो। इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’निकट समाचार एजेन्सी तस्निमले दक्षिणी तेहरानमा विस्फोट भएको उल्लेख गरेको छ।

एतेमाद पत्रिकाले शुक्रबार बिहान आक्रमणबाट प्रभावित क्षेत्रको सूची जारी गरेको छ। पत्रिकाका अनुसार हमलाबाट इरानका पुनाक, मर्जदारन, इस्लाम सहर, सहर रे, लवासन, पारदिस, जफरानिह, दौलत, सुहरावर्दी, नाजी अबाद र तेहरान पारस प्रभावित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर