बालेनले मोदीसँग सहकार्यको अपेक्षा खोजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल पोष्टमा प्रतिक्रिया जनाउँदै उनले नेपाल र भारतबीच रहेको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ प्रगाढ र परिणाममुखी बनाउने दिशामा सहकार्य गर्ने विश्वास व्यक्त गरेका हुन् ।

कमेन्टमा उनले लेखेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’

यसैक्रममा उनले भारतले लगातार दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई पनि बधाई दिएका छन् । ‘साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु’, बालेनले आफ्नो कमेन्टमा लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर