प्रत्यक्षतर्फ १६५ क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा पहिलो दल

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै स्पष्ट वर्चस्व कायम गरेको छ।

हालसम्मको मतगणनाका आधारमा समानुपातिकतर्फ रास्वपाले करिब ५८ सिट पाउने देखिन्छ। यसरी हेर्दा आगामी संसदमा रास्वपाको कुल सिट संख्या १८३ पुग्ने अनुमान छ, जुन दुई तिहाइ बहुमतका लागि आवश्यक १८४ सिटभन्दा एक सिट कम हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। समानुपातिकतर्फ उसले करिब १९ सिट पाउने देखिएकाले कुल प्रतिनिधित्व ३७ सिट पुग्ने अनुमान गरिएको छ।

नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको छ। समानुपातिकतर्फ प्राप्त मतका आधारमा करिब १६ सिट पाउने देखिँदा आगामी संसदमा एमालेको कुल प्रतिनिधित्व २५ सिट पुग्ने देखिन्छ। नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट हात पारेको छ भने समानुपातिकतर्फ हालसम्मको मतगणनाअनुसार करिब ९ सिट पाउने देखिएको छ। यसरी उसले कुल १७ सिट प्राप्त गर्ने अनुमान गरिएको छ।

श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ। तीन प्रतिशत थ्रेसहोल्ड पार गरेकाले समानुपातिकतर्फ थप ४ सिट पाउने देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ १ सिट जितेको छ भने समानुपातिकतर्फ करिब ४ सिट पाउने देखिएको छ । यसरी प्रत्यक्ष र समानुपातिक दुवैतर्फको प्रारम्भिक गणनाअनुसार आगामी प्रतिनिधिसभामा नयाँ राजनीतिक शक्ति सन्तुलन देखिने संकेत देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर