भक्तपुरमा समानुपातिक तर्फ रास्वपा पहिलो स्थानमा
भक्तपुर । भक्तपुरमा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । भक्तपुर क्षेत्र नं १ मा ४२ हजार ४४० र क्षेत्र नं २ मा ४३ हजार ३३२ गरी कूल ८५ हजार ७७२ मत गणना गरिएको हो ।
मत परिणामअनुसार समानुपातिकतर्फ क्षेत्र नं १ मा रास्वपा ४२ हजार ४४० मत ल्याएर पहिलो बनेको छ । नेमकिपाले २० हजार २२९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए । यस्तै नेपाली कांग्रेसले ४ हजार ४०३, नेकपा (एमाले)ले ३ हजार ४६१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एक हजार १३६, राप्रपाले २ हजार ९८४, राष्ट्रिय परिवर्तन पार्टीले ८९४ तथा श्रम संस्कृति पार्टीले ५५० मत प्राप्त गरेको छ ।
यस्तै भक्तपुर क्षेत्र नं २ मा पनि समानुपातिक तर्फको मतगणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३३२ मत ल्याएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो । यस्तै नेपाली कांग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एक हजार ९३०, राप्रपाले २ हजार ८३२ तथा श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन् ।
भक्तपुर क्षेत्र नं १ मा कूल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ मत खसेको थियो भने क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसको सूचना अधिकारी भीम बिसीले जानकारी दिए ।
प्रतिक्रिया
