धनुषा-१ मा मत परिणाम घोषणा नगरिएकोमा नेकपाको आपत्ति

काठमाडौं ।  धनुषा– १ मा जितको प्रमाणपत्र नपाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आपत्ति जनाएको छ । नेकपाले सोमबार विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको हो । निर्वाचन अयोगको नतिजाअनुसार उक्त क्षेत्रमा उम्मेदवार कायम रहेका नेकपाका मातृकाप्रसाद यादवले सबैभन्दा धेरै मत ल्याएका छन् । तर, परिणामको घोषणा गरिएको छैन ।

यस क्षेत्रमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साहको उम्मेदवारी खारेज भएको थियो । यद्यपि, साह आफ्नो उम्मेदवारी खारेजको निर्णय बदर हुनुपर्ने मागसहित सर्वाेच्च अदालतमा गएका छन् । सर्वाेच्चले आदेश नआउँदासम्मका लागि निर्वाचन परिणाम सार्वजनिक नगर्न भनेको छ । तर, नेकपाले आयोगले खारेजीको निर्णय गरेरपछि मतदान भएकोले आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्नुपर्ने दाबी गरेको छ ।

‘निर्वाचन आयोग स्वयम्‌ले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनबमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीतका कार्य हुनु चिन्ताजनक विषय हो’, नेकपाले भनेको छ । उक्त क्षेत्रमा नेकपाका यादवले पाएको भन्दा घण्टी चुनाव चिह्नमा आएको मत धेरै छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर