धनुषा-१ को मत परिणाम स्थगित

काठमाडौं ।  निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ ।

आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा सोमबार पेसी तोकिएको छ ।

“अदालतबाट आदेश नआउँदासम्म रोक्नु भन्ने निर्णय गरेका छौँ,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर